Document Verification

विवाहीत / अविवाहीत /जन्म दर्ता / नेपाली नागिरकताको प्रमाणपत्रको प्रमाणिकरण
१. निवेदकको सक्कल कागजातको अधारमा नेपाल सरकारको स्थानीय तह/निकायबाट अंग्रेजीमा अनुवाद गरीएको प्रमाणीत कागजातलार्इ नेपालको परराष्ट्र मन्त्रालयबाट प्रमाणीत गराइ सो को सक्कल प्रति पेश गर्नु पर्नेछ ।
२. पेश गरीएको उक्त कागजातलार्इ राजदूतावासले जाँच गरे पश्चात निर्धारीत ढाँचामा निवेदन दिन सक्नु हुनेछ ।
३. तपार्इंको निवेदन स्विकृत भएमा प्रति कागजात मलेशियन रिङगीट २६ (26 RM) का दरले राजदूतावासको लेखा शाखामा राजस्व तिर्नु पर्ने छ ।
४. तपार्इंको निवेदन र कागजात ठिक भएमा राजदूतावासबाट साेही दिन यो सेवा पाउन सक्नु हुनेछ ।