राजदूतावास बन्द रहने सूचना

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही २०७४ साल बैशाख ४ गतेदेखि २०७४ साल बैशाख ८ गतेसम्म छिमेकी मित्रराष्ट्र भारतको राजकीय भ्रमण गर्ने कार्यक्रम रहेकोले सम्माननीय राष्ट्रपतिज्यूको प्रस्थान हुने मिति २०७४ साल बैशाख ४ गते र आगमन हुने मिति २०७४ साल बैशाख ८ गतेका दिन नेपाल राज्यभरका कार्यलय एवं विदेशस्थित नेपाली नियोगहरू समेतमा सार्वजनिक विदा दिने भनी नेपाल सरकारको निर्णय भएको हुँदा उक्त दिनहरू अर्थात मिति १७ अप्रिल २०१७ र शुक्रबार २१ अप्रिल २०१७ का दिनहरूमा यस राजदूतावास बन्द रहने व्यहोरा सबैको जानकारीको लागि सूचित गरिएको छ ।