नेपाली राजदूतावास मलेसियाले गरेको उद्दार सम्बन्धी प्रेस वक्तव्य

प्रेस वक्तव्य
10 नोभेम्वर 2015 मा ,किमे ९ गुम्थागं , सिन्धुपाल्चोक जिल्ला भई मलेसियामा सेक्युरिटि गार्डको रुपमा कार्यरत अशोक लामा/ लाल बहादुर तामागं (राहदानी नम्बर 05737315मा लाल बहादुर तामागं उल्लेख भएको) लाई ड्युटीमा रहेका समयमा मलेसियाली नागरिक Muthuvelu a/l Govindan ( Kpt 611221-10-6005) को हत्या गरेको आरोपमा पक्राउ गरिएको थियो । निज (अशोक लामा) लाल बहादुर तामागंलाई मलेसियाको पेनल कोड अनुसार Section 302 को मुद्दा दायर गरियो जस अनुसार निजलाई मृत्युदण्डको सजायको माग दावी गरिएको थियो ।
14 जुन 2016 मा नेपाली राजदूतावासको कानुनि परामर्श दातृ MS Kharen Jit Kaur A/ P La Chin Singh , IC Number 741015017306, Legal ID BC/K/1211 ले Head of the State Public Prosecutor समक्ष निज अशोक लामा / लाल बहादुर तामागंलाई झुठा मुद्दा लगाईएको सम्बन्धमा निवेदन गर्नु भएको थियो ।08 मार्च 2017 मा नेपाली राजदूतावासको कानुनी परामर्शदातृले हाई कोर्ट शाह आलममा निज लाल बहादुर तामागंको मुद्दामा वहस गरि निजलाई अदालतबाट निर्दोष सावित गरिएको छ । नेपाली राजदूतावास क्वालालम्पुरको निरन्तरको प्रयासबाट तामागंलाई राजदूतावासको पहलमा ६ वैशाख २०७४ (19/04/2017) मा फ्लाईट नं H9 891 बाट नेपाल फर्काईएको छ । उक्त फ्लाईट नेपाली समयानुसार साँझ ६.५५ मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ ।
2017/04/04 मा नेपाली राजदूतावासवाट बुकिट जलिल क्याम्पमा गएको टोलिले देउराली -6 नुवाकोटका बिफ लामालाई अत्यन्त जटिल स्थितिबाट उद्दार गरी नेपाल पठाएको छ भने हरिहरपुर -1 सिन्धुलीका लिला भोलनलाई समेत यस राजदूतावासले बिफ लामा सँगै उद्दार गरी मिति २०७३ चैत्र २४ (2017/04/06 ) मा नेपाल पठाईसकेको छ । सोही क्याम्पमा रहेका अन्नपुर्ण ६ ,भोजपुरका जयकुमार खवासलाई समेत यस राजदूतावासको पहलमा ३० चैत्र २०७३ मा उद्दार गरी नेपाल फर्काईसकिएको छ ।
यसै गरि केडाहा घर फिर्ति केन्द्रबाट देवि गञ्ज ८ झापाका पदम बहादुर तामागं, बोधे -३ धनकुटाका धिरेन्द्र याक्खा तथा ढोरफिर्दि ७ तनहुका कमलबहादुर भुजेललाई यस राजदूतावासको पहलमा १६ चैत्र २०७३ (29/03/2017) मा नेपाल फर्काईएको थियो । घरफिर्ति केन्द्रबाट नेपाल फर्काउने कार्य निरन्तररुपमा नेपाली राजदूतावास मलेसियाले जारि राख्नेछ ।
साथै बुकिट जलिल क्याम्पमा रहेका १८ जना नेपालीहरुलाई पनि राजदूतावासको पहलमा आजै नेपालमा फर्काईएको छ ।
बुकिट जलिल क्याम्पबाट फर्काईएका नेपालीहरुको सुची यसै साथा संलग्न रहेको छ । सवैलाई उद्दार गरी नेपाल सरकारवाट उपलब्ध वजेटबाट हवाईटिकट खरिद गरी पठाईएको व्यहोरा समेत सवैको जानकारिको लागि प्रेस वक्तव्य जारि गरिएको छ ।

नेपाली राजदूतावास
क्वालालम्पुर
मिति ०६ वैशाख २०७४

बुकिट जलिल क्याम्पबाट नेपाल फिर्ति गराईइएका नेपालीहरु (मिति २०७४ वैशाख ६ गते)

S.No. CAMP BODY NUMBER Name GENDER DATE OF BIRTH PP/TRAVEL DOCUMENT NUMBER PP/TRAVEL DOCUMENT VALIDITY ADDRESS
1 27835 SAN BAHADUR BUDHA MAGAR M 13.11.1986 9638 19.01.2017 CHILHARIYA-4, BANKE
2 30622 ISHWOR BISHWOKARMA M 01.01.1993 9884 09.05.2017 LUBU-8, KHOTANG
3 30627 LAKPA CHHIRI SHERPA M 23.01.1991 9881 09.05.2017 JHUJI-9, RAMECHAP
4 31053 SUBBA SING MOKTAN M 14.041991 10018 29.06.2017 DIYAL-2, MAKWANPUR
5 31194 SINGE BAHADUR MOKTAN M 16.12.1970 9890 09.05.2017 SANGE BASTI-7, BARA
6 31301 RAJESH KUMAR WANEM M 13.04.1980 9886 09.05.2017 DHUNGESANDHU-2, TAPLEJUNG
7 31608 SUMAN KUMAL M  14.04.1991 10047 29.06.2017 HALUWAR-8, DANG
8 31866 PHANINDRA BAHADUR KATUWAL M  24.12.1985 10022 29.06.2017 KIKUA-4,PANCHTHAR
9 32069 POSKAR BUDHATHOKI M 05.05.1993  10025 29.06.2017 KAJERI 7, SALYAN
10 32124 GYAN BAHADUR MOKTAN M 01.01.1989  10015 29.06.2017 PIPALDANDA-5, MAKWANPUR
11 32479 AMARJIT KRABIN M 01.01.1996  10014 29.06.2017 BAGAHA-5, RUPANDEHI
12 30071 PRAKASH THAPA M 01.01.1996 10023 29.06.2017 EKALANG-8,PALPA
13 32226 SUBASH RAI M 02.05.1985 10016 29.06.2017 SOBRE-9, OKHALDHUNGA
14 33340 NAR BAHADUR GHARTI M 01.01.1979 10017 29.06.2017 GAIRI GAUN-9, ROLPA
15 32125 KUMAR BHULUN M 13.04.1989 10019 29.06.2017 PIPAL DANDA-5, MAKWANPUR
16 33342 KUMAR LAMA M 28.02.1982 10024 29.06.2017 RAKATHUM-3, RAMECHAP
17 33341 ISHWOR LAMA  TAMANG M 01.01.1985 10021 29.06.2017 JORPATI-7, KATHMANDU
1 29458 SANJAY KUMAR NAU M 26.09.1993 05469219 (PP) 09.02.2021 BELHARI-1, BANKE