प्रेस विज्ञप्ति

नेपाली राजदूतावास क्वालालम्पुरले २०७९ आश्विन ३ गते साँझ क्वालालम्पुरस्थित Hotel J W Marriot मा संविधान दिवस तथा राष्ट्रिय दिवस कार्यक्रम भव्यताका साथ आयोजना गर्यो ।उक्त समारोहमा प्रमुख अतिथिको रुपमा मलेसियाका मानवसंशाधन उपमन्त्री Datuk Awang bin Hashim ले आफ्नो मन्तव्यमा सम्माननीय राष्ट्रपतिको सुस्वास्थ, नेपाल सरकार र नेपाली जनताको उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै टोष्ट प्रस्ताव गर्नुभएको थियो भने कार्यवाहक राजदूत

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७९ को शुभकामना सन्देश

संविधान देशको मूल कानून हो। नेपालको संविधान २०७२ ले नेपालको विविधताको संवोधन गर्दै नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने संकल्प लिएको छ। सोही अनुसार संविधानले प्रत्याभूत गरेको रोजगारीको हक तथा सामाजिक

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय कृष्णकुमार श्रेष्ठको मलेसिया भ्रमण सम्बन्‍धी प्रेस विज्ञप्ती

नेपालका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय कृष्णकुमार श्रेष्ठज्यूको नेतृत्वमा मलेसियाको औपचारिक भ्रमणमा रहेको उच्चस्तरीय प्रतिनिधिमण्डलले १५ वैशाख २०७९ मा मलेसियाका मानव संसाधन मन्त्री माननीय दातुक सेरी एम. सराभननज्युसँग द्विपक्षीय वैठक गरेको छ। वैठकमा नेपाल र मलेसियाबीच ऐतिहासिक रुपमा रहेको भातृत्वपूर्ण सम्बन्धलाई नेपाली युवाहरुको मलेसियाली श्रम बजारमा रहेको उपस्थितिले थप मजबुत बनाएको विषयमा दुवैपक्षबाट प्रसंशा भयो। बैठकमा नेपाल र

प्रेस विज्ञप्तिः नेपालको वैदेशिक रोजगार बोर्ड तथा मलेसियाको सामाजिक सुरक्षा संस्था (SOCSO) बीच सहकार्य गर्ने समझदारीपत्र (Memorandum of Collaboration) मा हस्ताक्षर

नेपालको वैदेशिक रोजगार बोर्ड तथा मलेसियाको सामाजिक सुरक्षा संस्था (SOCSO) बीच नेपाली कामदारहरूको लागि सामाजिक सुरक्षा कार्यक्रम र गतिविधिहरूको प्रबर्धन सम्बन्धी सहकार्यको समझदारीपत्र (Memorandum of Collaboration) मा हस्ताक्षर भएको छ । नेपाली राजदुतावास क्वालालम्पुरको सकृयतामा समझदारीपत्रको मस्यौदा उपर विभिन्न चरणमा छलफल भएपश्चात तयार भएको अन्तिम मस्यौदालाई नेपाल सरकार, मन्त्रिपरिषद्‍को मिति २०७७।१०।२६ मा बसेको वैठकले स्वीकृति प्रदान गरेको थियो । मन्त्रिपरिषद्‍को

Press release on Visit Nepal Year 2020 Inauguration

प्रेस विज्ञप्ति नेपाली राजदूतावास, क्वालालम्पूर, मलेसियाले आज एक विशेष कार्यक्रमको आयोजना गरी नेपाल भ्रमण वर्ष २०२० को  उद्‌घाटन गर्यो। पर्यटन विकासले मुलुकको समग्र विकास प्रक्रियामा पार्ने सकरात्मक प्रभावलाई ह्यदयङ्गम गरी  सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य अनुरुप आयोजना गरिएको नेपाल पर्यटन वर्ष २०२० को उद्‌घाटन समाहरोह विदेशमा रहेका सम्पूर्ण कूटनीतिक नियोगहरुले जनवरी ०७ तारिखका दिन एकसाथ मनाउने कार्यक्रम