Press Release on the rescue of Nepali people form detention camps

प्रेस वक्तव्य

                 राजदूतावासबाट घर फिर्ति केन्द्रमा अलपत्र परेका २३ जना नेपालीहरुको उद्दार ।

नेपाली राजदूतावासको प्रयासमा सिमोनिया, बुकिट जलिल र सेपांग घर फिर्ति केन्द्रमा (Detention Center)  रहेका, हवाई टिकटको खर्च व्यहोर्न  नसकी अलपत्र परेका जम्मा तेईस  जना नेपाली नागरिकहरुलाई फाल्गुण महिनाको१६ गते १जना, २१ गते ४ जना  र  २८ गते १८ जना नेपालीहरुनेपाल फिर्ता पठाईएको छ। नेपाली राजदूतावासले फाल्गुण महिनामा विभिन्न घरफिर्ती केन्द्रहरुमा रहेका नेपालीहरुलाई उद्दारगर्ने उद्देश्यलेभेटघाट गरेको थियो।

लामो समयसम्म घरफिर्ती केन्द्रमा रहँदा शारीरिक तथा मानसिक समस्या  देखिने हुँदा  राजदूतावासले यथाशीघ्र  उद्दार गर्न जरुरी देखी दूतावासबाटएकतर्फी हवाई टिकट उपलब्ध गराउदै आएको छ ।

सिमोनिया, सेपागं तथा बुकिट जलिल  घर फिर्ती केन्द्रबाट नेपाल फर्काईएका नेपालीहरुको सूची यसै साथ संलग्न छ।

यस राजदूतावासबाट अलपत्र परेका नेपालीहरुलाई घर फिर्ता पठाउने अभियान निरन्तर रुपमा जारी राख्ने सबैलाई सूचित गरिन्छ।

नेपाली राजदूतावास
क्वालालम्पुर,
फाल्गुण २९, २०७५