Return Recalibration Programme (अवैधानिक श्रमिक नेपाल फर्कने अवसर)

अवैधानिक व्यक्तिहरुको व्यवस्थापनको लागि मलेसियामा हाल सञ्चालनमा रहेका कार्यक्रमहरु
मलेसिया सरकारले मलेसियामा रहेका अवैधानिक कामदारहरुको व्यवस्थापनको लागि दुईवटा कार्यक्रम घोषणा गरेको छ। यस अन्तर्गत (१) निश्चित प्रक्रिया पूरा गरी जरिवाना तिरी मलेसियामै वैधानिक भई काम गर्ने वा (२) सहुलियत दरको जरिवाना तिरी आफ्नो मुलुक फर्कने रहेका छन्।

अवैधानिक व्यक्तिहरु फर्कने कार्यक्रम (Return Recalibration Programme) भनेको के हो?
यस कार्यक्रम अनुसार अवैधानिकरुपमा रहेका व्यक्तिहरु घर फर्कनको लागि अध्यागमन कार्यालयमा गई मलेसियन रिंगिट पाँच सय (RM500) सम्मको जरिवाना तिरेर घर फर्कन पाईन्छ।

यस कार्यक्रम अनुसार घर फर्कने प्रक्रिया के हो?
अध्यागमन विभाग/कार्यालयको अपोईन्टमेण्ट लिनको लागि के गर्ने?
  • आफ्नो राहदानी वा ट्राभल डकुमेण्ट तयारी राख्‍ने।
  • मोवाईल वा कम्प्युटरमा ईण्टरनेट ब्राउजर (Google/Firefox आदि) खोल्ने।
  • https://sto.imi.gov.my क्लिक गर्ने।
  • आफ्नो पायक पर्ने अध्यागमन कार्यालय छान्ने।
  • PROGRAM REKALIBRASI PULANG छान्ने।
  • उपयुक्त Date छान्ने।
  • सबै विवरण भरेपछि Submit गर्ने र Confirmation प्रिन्ट गर्ने। मोवाईलमा भए Screenshot लिने र प्रिन्ट गर्ने।
अपोईन्टमेण्ट लिएको मितिमा अध्यागमन विभाग/कार्यालयमा के के आवश्यक पर्छ?
  • आफ्नो राहदानी वा ट्राभल डकुमेण्ट र सो को प्रतिलिपि।
  • १४ दिन भित्र जाने गरी काटिएको हवाई टिकटको प्रतिलिपि।
  • Appointment Confirmation को प्रिन्ट कपी।
  • ५०० रिंगिट बैंक कार्डबाट तिर्ने व्यवस्था।
राजदूतावासको सहयोग आवश्यक परेमा के गर्ने?
   राजदूतावासको सहयोग आवश्यक परेमा यहाँ क्लिक गरी तोकिएको फाराम भर्नुहोला। 
थप जानकारी आवश्यक परेमा के गर्ने?
    टेलिफोन नम्बरः ०३२०२०१८९८/०३२०२०१८९९
                                ०३२०२०१९०१ (श्रम शाखा)
    हटलाईन नम्बरः ०१६२४७२७७७
    ईमेलः eonkualalumpur@mofa.gov.np/labor.eonkl@mofa.gov.np
    वेभपेजः  https://my.nepalembassy.gov.np/
    ठेगानाः Wisma Paradise (Level 1, 3 and 9), No. 63 Jalan Ampang, 50450 Kuala Lumpur, Malaysia