Regarding Mandatory Appointment for Passport Renewal

सूचना नेपाली राजदूतावास क्वालालम्पुरमा राहदानी बनाउनका निम्ति अग्रिम रूपमा फारम भरेर अपोइन्टमेन्ट लिनुपर्ने हुँदा सोही अनुसार फारम भरेर आफ्नो तोकिएको अपोइन्टमेन्ट मितिमा मात्र आउनुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध छ।फाराम भर्ने लिंक https://emrtds.nepalpassport.gov.np/ रहेको र फाराम भर्ने सहजताका निम्ति दूतावासको फेसबुक पेजमा https://www.facebook.com/nepalembassykl फारम भर्ने सम्बन्धी भिडियो समेत राखिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ । नेपाली राजदूतावास, क्वालालम्पुर २०७९

नवनियुक्त राजदूतले आफ्नो ओहोदाको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुभएको सम्बन्धमा ।

मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत महामहिम श्री डिल्लीराज पौडेलज्यूले आफ्नो ओहोदाको प्रमाणपत्रको प्रतिलिपि आज एउटा कार्यक्रमका वीच मलेसियाको परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल H. E. Mr. Mohd Aini Bin Atan समक्ष पेश गर्नुभयो। सो कार्यक्रममा मलेसियाका शिष्टाचार महापालले नवनियुक्त महामहिम राजदूतलाई मलेसियाको लागि नेपालको राजदूत पदमा नियुक्ति हुनुभएकोमा बधाई ज्ञापन गर्दै मलेसियामा स्वागत गर्नुभयो र निजको सफल कार्यकालका लागि शुभकामना समेत

सार्वजनिक विदा सम्बन्धमा (Public Holiday on 26 September 2022)

यही २०७९ साल असोज १० गते (26 September 2022) सोमबारको दिन घटस्थापनाको अवसरमा राजदूतावासको नियमित कन्सुलर सेवाहरु बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। तर आकस्मिक सेवा लिनको लागि यस अवधिमा राजदूतावासको हटलाईन नम्बर ०१६-२४७२७७७ मा सम्पर्क गर्न सकिने छ। साथै यस दूतावासका २०७९ सालका बिदा सम्बन्धी सम्पूर्ण जानकारी हाम्रो वेबसाइटको तल दिइएको लिंकमा हेर्न

प्रेस विज्ञप्ति

नेपाली राजदूतावास क्वालालम्पुरले २०७९ आश्विन ३ गते साँझ क्वालालम्पुरस्थित Hotel J W Marriot मा संविधान दिवस तथा राष्ट्रिय दिवस कार्यक्रम भव्यताका साथ आयोजना गर्यो ।उक्त समारोहमा प्रमुख अतिथिको रुपमा मलेसियाका मानवसंशाधन उपमन्त्री Datuk Awang bin Hashim ले आफ्नो मन्तव्यमा सम्माननीय राष्ट्रपतिको सुस्वास्थ, नेपाल सरकार र नेपाली जनताको उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै टोष्ट प्रस्ताव गर्नुभएको थियो भने कार्यवाहक राजदूत

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७९ को शुभकामना सन्देश

संविधान देशको मूल कानून हो। नेपालको संविधान २०७२ ले नेपालको विविधताको संवोधन गर्दै नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने संकल्प लिएको छ। सोही अनुसार संविधानले प्रत्याभूत गरेको रोजगारीको हक तथा सामाजिक