| |
| १. |
तत्काल राहदानी नभएको (हराएको लगायत) अवस्थामा नेपाल फर्कने प्रयोजनका लागि एकतर्फी यात्रा अनुमतिपत्र जारी गरिने छ । |
| २. |
यसको शुल्क मलेसियन रिगिंट २४० रहेको छ । |
| ३. |
यसको वैधता अवधि (Validity Period) सामान्यतया २ महिना रहनेछ । |
| ४. |
यात्रा अनुमतिपत्रको लागि सक्कल नागरिकता वा राहदानी र नागरिकताको फोटोकपी पेश गर्नुपर्नेछ । साथै दूतावासमा प्राप्त निवेदन रितपूर्वक भर्नुपर्नेछ । |
| ५. |
यसका साथै दुई प्रति पासपोर्ट साइज फोटो समेत पेश गर्नुपर्नेछ । |
| ६. |
यात्रा अनुमतिपत्रको फाराम बुझाउन र यात्रा अनुमतिपत्र बुझ्न निवेदक स्वयम् उपस्थित हुनुपर्नेछ । |
| ७. |
यात्रा अनुमतिपत्र आवेदन गरेको तेस्रो कार्य दिनमा वितरण गरिने छ । |