Important Notice

NepalFlag

A.D.:

Nepal Samvat: 1146 KACHHALATHWA PANCHAMI - 5

Power of Attorney

Power of Attorney

अधिकृत वारेशनामा

राजदूतावासमा अधिकृत वारेशनामाको कागजात लिंदा वा दिंदा पेश गर्नु पर्ने कागजातहरूः

१. अधिकृत वारेशनामा लिने तथा दिनेको बारेमा पूरा परिचय खुल्ने गरी विस्तृत विवरण सहित निर्धारीत ढाँचामा कानून व्यवसायीद्वारा लेखिएको र नेपाली कागजातमा कम्प्यूटर प्रिन्ट भएको अधिकृत वारेशनामाको कागजात २ प्रति ।
२. अधिकृत वारेशनामा लिने दिने दुवैको नागरिकताको प्रमाणपत्रको सक्कल र फोटोकपी १/१ प्रति ।
३. अधिकृत वारेशनामा लिने दिने दुवैको फोटो १/१ प्रति हरेक अधिकृत वारेशनामाको कागजातमा टाँसीएको हुनु पर्ने ।
४. तपाँईको सक्कल नेपाली राहदानी र सोको फोटोकपी १ प्रति ।
५. तपाँईको मलेशियाको भिसाको फोटोकपी १ प्रति । ।
६. जग्गा किनबेचसंग सम्वन्धित अधिकृत वारेशनामा भएमा अधिकृत वारेशनामा लिने दिने जग्गाको लालपूर्जाको फोटोकपी र मालपोत बुझार्इएको रसिदको फोटोकपी ।
७. के का लागि अधिकृत वारेशनामा लिने वा दिने सो सम्वन्धी कागजातको फोटोकपी १ प्रति ।
८. उपरोक्त कागजात राजदूतावासबाट स्विकृत भएमा निर्धारित ढाँचामा निवेदन दिन सक्नु हुनेछ ।
९. मुद्दा किटान नगरिएको अधिकृत वारेशनामा प्रमाणित गर्दा र अचल सम्पतीको हक हस्तानान्तरण गर्ने सम्बन्धी अख्तियारनामाको हकमा तीन पुस्ताभित्रको हक हस्तान्तरण गर्ने भए वीस मलेसियन रिगिँट (२० मलेसियन रिगिँट) र तीन पुस्तावाहेक अरुलाई सम्पती विक्रि गर्ने वा हक छाडिदिने गरीएको भए एक सय असी मलेसियन रिगिँट (१८० मलेसयन रिगिँट ) का दरले राजदूतावासको लेखा शाखामा राजस्व तिर्नु पर्ने छ ।
१०. तपाँईको निवेदन र कागजात ठिक भएमा राजदूतावासबाट साेही दिन वा एक कार्यदिन भित्रमा यो सेवा पाउन सक्नु हुनेछ ।
११. अधिकृत वारेशनामा दिने व्यक्ति राजदूतावासमा अाफैं अनिवार्य उपस्थित हुनु पर्ने छ ।