A.D.:
Nepal Samvat: 1146 KACHHALATHWA CHATURTHI - 4
| १. | तत्काल राहदानी नभएको (हराएको लगायत) अवस्थामा नेपाल फर्कने प्रयोजनका लागि एकतर्फी यात्रा अनुमतिपत्र जारी गरिने छ । | |
| २. | यसको शुल्क मलेसियन रिगिंट २४० रहेको छ । | |
| ३. | यसको वैधता अवधि (Validity Period) सामान्यतया २ महिना रहनेछ । | |
| ४. | यात्रा अनुमतिपत्रको लागि सक्कल नागरिकता वा राहदानी र नागरिकताको फोटोकपी पेश गर्नुपर्नेछ । साथै दूतावासमा प्राप्त निवेदन रितपूर्वक भर्नुपर्नेछ । | |
| ५. | यसका साथै दुई प्रति पासपोर्ट साइज फोटो समेत पेश गर्नुपर्नेछ । | |
| ६. | यात्रा अनुमतिपत्रको फाराम बुझाउन र यात्रा अनुमतिपत्र बुझ्न निवेदक स्वयम् उपस्थित हुनुपर्नेछ । | |
| ७. | यात्रा अनुमतिपत्र आवेदन गरेको तेस्रो कार्य दिनमा वितरण गरिने छ । | |