१. |
अधिकृत वारेशनामा लिने तथा दिनेको बारेमा पूरा परिचय खुल्ने गरी विस्तृत विवरण सहित निर्धारीत ढाँचामा कानून व्यवसायीद्वारा लेखिएको र नेपाली कागजातमा कम्प्यूटर प्रिन्ट भएको अधिकृत वारेशनामाको कागजात २ प्रति । |
२. |
अधिकृत वारेशनामा लिने दिने दुवैको नागरिकताको प्रमाणपत्रको सक्कल र फोटोकपी १/१ प्रति । |
३. |
अधिकृत वारेशनामा लिने दिने दुवैको फोटो १/१ प्रति हरेक अधिकृत वारेशनामाको कागजातमा टाँसीएको हुनु पर्ने । |
४. |
तपार्इंको सक्कल नेपाली राहदानी र सोको फोटोकपी १ प्रति । |
५. |
तपार्इंको मलेशियाको भिसाको फोटोकपी १ प्रति । । |
६. |
जग्गा किनबेचसंग सम्वन्धित अधिकृत वारेशनामा भएमा अधिकृत वारेशनामा लिने दिने जग्गाको लालपूर्जाको फोटोकपी र मालपोत बुझार्इएको रसिदको फोटोकपी । |
७. |
के का लागि अधिकृत वारेशनामा लिने वा दिने सो सम्वन्धी कागजातको फोटोकपी १ प्रति । |
८. |
उपरोक्त कागजात राजदूतावासबाट स्विकृत भएमा निर्धारित ढाँचामा निवेदन दिन सक्नु हुनेछ । |
९. |
मुद्दा किटान नगरिएको अधिकृत वारेशनामा प्रमाणित गर्दा र अचल सम्पतीको हक हस्तानान्तरण गर्ने सम्बन्धी अख्तियारनामाको हकमा तीन पुस्ताभित्रको हक हस्तान्तरण गर्ने भए वीस मलेसियन रिगिँट (२० मलेसियन रिगिँट) र तीन पुस्तावाहेक अरुलाई सम्पती विक्रि गर्ने वा हक छाडिदिने गरीएको भए एक सय असी मलेसियन रिगिँट (१८० मलेसयन रिगिँट ) का दरले राजदूतावासको लेखा शाखामा राजस्व तिर्नु पर्ने छ । |
१०. |
तपार्इंको निवेदन र कागजात ठिक भएमा राजदूतावासबाट साेही दिन वा एक कार्यदिन भित्रमा यो सेवा पाउन सक्नु हुनेछ । |
११. |
अधिकृत वारेशनामा दिने व्यक्ति राजदूतावासमा अाफैं अनिवार्य उपस्थित हुनु पर्ने छ । |