यन्त्रबाचक राहदानी नवीकरणको नियमित सेवा स्थगन गरिएको सम्बन्धमा

नेपालमा ई-पासपोर्ट जारी भईसेकेको सन्दर्भमा नेपाली राजदूतावास क्वालालम्पुरबाट समेत केही दिन भित्रै ई-पासपोर्ट जारी गर्ने गरी व्यवस्थापन भईरहेको छ। सो को लागि विशेष प्रणाली जडान गर्नुपर्ने भएकोले सो को तयारी लगायतका कार्यहरु गर्नको लागि हाल यन्त्रबाचक राहदानी नवीकरण गर्ने/नयाँ बनाउने कार्य स्थगन गरिएको छ। केही दिनभित्रै ई-पासपोर्ट शुरुवात गर्ने गरी राहदानी नवीकरण गर्ने कार्य सुचारु हुनेछ। राजदूतावासबाट सो को सूचना जारी हुनेछ। हाललाई यन्त्रबाचक राहदानी नवीकरणको लागि अत्यावश्यक अवस्थाका आवेदनहरुमात्र लिईनेछ। राहदानी नवीकरणको नियमित सेवा केही दिनको लागि स्थगन गर्दा सर्वसाधारणमा पर्न गएको असुविधाप्रति राजदूतावास क्षमाप्रार्थी छ।