प्रेस विज्ञप्तीः नेपाली राजदूतावास मलेसियाबाट विद्युतीय राहदानीको शुरुवात

नेपाली राजदूतावास, मलेशियाबाट आज एक कार्यक्रमका बीच विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट शुरुवात गरियो । मलेसियामा २ लाख भन्दा वढी नेपालीहरु वैदेशिक रोजगारीमा आवद्ध भएको परिप्रेक्ष्यमा निजहरुको सम्मान गर्दै वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा आई लामो समयदेखि सामान्य कामदारको रुपमा कार्यरत रही आफ्नो राहदानी नवीकरण गर्न आउनु भएका सेवाग्राही श्री श्यामकुमार चौधरीज्युको राहदानी नवीकरणको लाइभ इनरोलमेन्ट गरी कार्यक्रमको शुरुआत गरिएको थियो। राहदानी

सार्वजनिक विदा सम्बन्धमा (Public Holiday on 01 FEBRUARY 2022 Tuesday)

यही २०७८ साल माघ १८ गते (०१ फेब्रुअरी २०२२) मंगलबारको दिन मलेसिया टेरिटोरी डे तथा चाइनिज न्यु इयरको अवसरमा राजदूतावासको नियमित कन्सुलर सेवाहरु बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। तर आकस्मिक सेवा लिनको लागि यस अवधिमा राजदूतावासको हटलाईन नम्बर ०१६-२४७२७७७ मा सम्पर्क गर्न सकिने छ। साथै यस दूतावासका २०७८ सालका बिदा सम्बन्धी सम्पूर्ण जानकारी

यन्त्रबाचक राहदानी नवीकरणको नियमित सेवा स्थगन गरिएको सम्बन्धमा

नेपालमा ई-पासपोर्ट जारी भईसेकेको सन्दर्भमा नेपाली राजदूतावास क्वालालम्पुरबाट समेत केही दिन भित्रै ई-पासपोर्ट जारी गर्ने गरी व्यवस्थापन भईरहेको छ। सो को लागि विशेष प्रणाली जडान गर्नुपर्ने भएकोले सो को तयारी लगायतका कार्यहरु गर्नको लागि हाल यन्त्रबाचक राहदानी नवीकरण गर्ने/नयाँ बनाउने कार्य स्थगन गरिएको छ। केही दिनभित्रै ई-पासपोर्ट शुरुवात गर्ने गरी राहदानी नवीकरण गर्ने कार्य सुचारु हुनेछ। राजदूतावासबाट सो को सूचना

Travel Document (यात्रा अनुमतिपत्र) को दस्तुर परिवर्तन भएको सम्बन्धमा

नेपाल सरकार मन्त्रिपरिषद्‍‍बाट राहदानी नियमावाली, २०७७ को पहिलो संशोधन हुुँदा यात्रा अनुमतिपत्र (Travel Document) को दस्तुर पनि संशोधन भएकोले यस राजदूतावासबाट जारी हुने यात्रा अनुमतिपत्रको दस्तुर मलेसियन रिंगिट २१० कायम गरिएको व्यहोरा सम्बन्धित सबैमा अनुरोध गरिन्छ। राहदानी (पहिलो संशोधन) नियमावली, २०७८ प्रकाशन भएको नेपाल राजपत्र निम्‍न अनुसार हेर्न सकिने व्यहोरा समेत अनुरोध गरिन्छ। राहदानी-पहिलो-संशोधन-नियमावली-२०७८